२०७८ साउन १८ गते सोमवार
२०७८ साउन १८ गते सोमवार

दंगीशरण गाउँपालिकाको कार्यालय एक साता बन्द

दंगीशरण गाउँपालिका कार्यालय एक साता सम्मको लागी बन्द हुने भएको छ ।

कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि शुक्रवार देखी आगामी विहिवार सम्म कार्यालय बन्द हुने भएको हो ।

गाउँपालिका उपाध्यक्ष पिमा कुमारी वलीले विहिवार एक सुचना जारी गदै कार्यालय र मातहतका शाखा कार्यालयबाट अति आबश्यक बाहेक अन्य सवै सेवा बन्द गरिएको जानकारी दिएकी छिन् ।

साथै जारी सुचनामा सेवाग्राही माथी पर्न गएको असुविधा प्रति क्षमाप्राथी रहेको उल्लेख गरिएको छ ।