२०७८ साउन १८ गते सोमवार
२०७८ साउन १८ गते सोमवार

लमहीका ६४ बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

लमहीका एक कोरोना संक्रमित पुरुषको नेपलागञ्जमा मृत्यु भएको छ ।

लमही नगरपालिका वडा नं. १० निवासी ६४ बर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा विहीवार राति ९ बजे मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

उनलाई कात्तिक १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । राप्ती स्वास्थय विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणका क्रममा संक्रमन पुष्टि भएपछि उनी बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा उपचाररत थिए ।

तर स्वास्थ्य अवस्था थप जटिल बन्न थालेपछि कात्तिक १९ गते बेलुका उनलाई नेपालगञ्जस्थित भेरी अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको त्यही मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अले जानकारी दिए ।