२०७८ साउन १८ गते सोमवार
२०७८ साउन १८ गते सोमवार

तुलसीपुरको त्रिसिद्देश्वरी मन्दिरमा चोरी, बाघको मुर्ति पनि तोडफोड

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित त्रिसिद्देश्वरी मन्दिरमा चोरी भएको छ ।

गएराति मन्दिरमा रहेका ६ वटा दान पेटिका फोडेर पेटिकामा रहेको दान रकम चोरी भएको र मन्दिरको प्राङ्गणमा रहेको बाघको मुर्ति पनि तोडफोड भएको मन्दिर व्यबस्थापन समितिका सचिब होमराज शर्माले बताए ।
मन्दिरमा चारजना पुजारी बस्ने भएपनि रातिमा कसरी चोरी भयो भन्ने विषयमा कुनै पनि जानकारी नपाएको सचिब शर्माले बताए ।

उनका अनुसार यस विषयमा प्रहरीलाई खबर गरेको उनको भनाई छ ।

मन्दिरमा यस अघि पनि पटक–पटक चोरी हुँदै आएको छ ।