२०७८ साउन १८ गते सोमवार
२०७८ साउन १८ गते सोमवार

जमुना नाकामा भारत कमाउन जाने नेपालीको लाईन

यतिबेला विश्वभर कोरोना भाईरस महामारी फैलिरहेको छ । कोरोना भाईरसको संक्रमन र मृत्यु हुनेको संख्या नेपाल लगायत विश्वरभर बढ्दो छ । छिमेकी मुलक भारतपनि कोरोना भाईरसको महामारी कायमै छ ।

तर नेपालीहरु कमाईकाजका लागि भारत जानेको संख्यामा कमी आएन । रोगले भन्दा पनि भोकले मर्ने अवस्था आउन थालेपछि कोरोना भाईरसको महामारी पनि भारत कमाउन जाने गरेका छन् । लामो समयको लकडाउनका कारण घर व्यवहार चलाउन समस्या भएपछि घरदैलोमा आएको तिहार पर्व नमनाएर कोरोना भाईरसको महामारीमै भएपनि भारत कमाउन दैनिक जाने गरेको पाईएको छ ।

जमुनाह नाकाभएर दाङ, सल्यान, रोल्पा, रुकुम, प्युठान, सुर्खेत, बाँके लगायतका नेपालीहरु भारत कमाउन जाने गर्दछन् ।

तस्वीरहरु : सुवास डिसी ।