२०७८ साउन १६ गते शनिवार
२०७८ साउन १६ गते शनिवार

सुनको भाउ एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो

हप्ताको अन्तिम दिन आज सुनको भाउ तोलामा एक हजार रुपैयाँ बढेको छ ।

एक हजार बढेको सुनको भाउ आज तोलामा ९७ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ हिजो तोलामा सय रुपैयाँ घटेर तोलामा ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको भाउ पनि आज एकैदिन तोलामा ४५ रुपैयाँ बढेर तोलाको १२ सय ५५ रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।