२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

अनमोल केसी र सुहाना थापको ‘ए मेरो हजुर ३’ युट्युबमा

अनमोल केसी र सुहाना थापाको जोडीको फिल्म ‘ए मेरो हजुर ३’ युट्युबमा रिलिज भएको छ। बिहीबार बुढासुब्बा डिजिटलको युट्युब च्यानलबाट अपलोड भएको यो फिल्म २४ घन्टा नबित्तै ट्रेन्डिङको शीर्षस्थानमा पुगिसकेको छ।

कोरोना महामारीका कारण महिनौंदेखि सिनेमा हल जान नपाएका दर्शकका लागि युट्युबमा सार्वजनिक यो फिल्मले छोटो समयमै १४ लाखभन्दा बढी भ्यूज पाएको हो।

हलमा रिलिज भएको करिब डेढ वर्षपछि युट्युबमा राखिएको फिल्म झरना थापाको निर्देशनमा र सुनिल कुमार थापाले निर्माणमा बनेको हो। फिल्ममा अनमोल केसी सुपरस्टार गायक र सुहाना थापा उनको फ्यानको भूमिकामा छिन्।

फिल्ममा अनमोल र सुहानाका साथमा सलोन बस्नेत, रबिन्द्र झा, रक्षा गौतम, विशाल पौडेल, सरोज खनाल लगायतका कलाकारले अभिनय गरेका छन्।

व्यवसायिक रुपमा सफल यो फिल्मका जोडी अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ कोरोनो संक्रमणकै जोखिमका कारण हाल छाया‌ंकन रोकिएको अवस्था छ।

हेर्नुहोस फिल्म :