२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

बाँकेबाट १० केजी अफिमसहित एक पक्राउ

लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर र नेपालगन्जबाट खटिएको संयुक्त टोलीले बाँकेबाट अफिमसहित एकजनालाई पक्राउ गरेको छ ।

बिहीबार बाँकेको खजुरा गाउँपालिका–८ रनियारस्थितबाट जाजरकोट, जुनीचाँदे गाउँपालिका–२ बस्ने २७ वर्षीय तिलकबहादुर शाहीलाई शंकास्पद अवस्थामा खानतलासी गर्दा उनले बोकेको झोलामा १० किलो ४ सय ग्राम अफिम फेला परेको हो ।

शाहीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको प्रहरीले जनाएको छ ।