२०७८ साउन १६ गते शनिवार
२०७८ साउन १६ गते शनिवार

संक्रमितको संख्या १ लाख ८८ हजार नाघ्यो, १ लाख ५२ हजार डिस्चार्ज

पछिल्लो २४ घण्टामा थप २९०९ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१५३ जनाको पीसीआर परीक्षण हुँदा १७७६ पुरुष र ११३३ जना महिलामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४५ सय जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १३३८ संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौं जिल्लामा १०३०, भक्तपुरमा १२१ र ललितपुरमा १८७ जना रहेका छन् ।