२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

रुकुममा अफिमसहित २ जना पक्राउ

लागु औषध अफिम सहित रुकुम प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

रुकुम पश्चिम आठबिसकोट नगरपालिका ९ राडीबजार बस्ने धिरेन्द्र शाहको घरमा बस्ने जाजरकोट नलगाड नगरपालिका ८ बस्ने बर्ष ४६ का माल बहादुर सिंह र सोहि नगरपालिका ९ बस्ने वर्ष ६० का काली बहादुर सिंह १२ किलो लागु औषध अफिम सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम र ईलाका प्रहरी कार्यालय आठबिसकोटबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई शुक्रवार विहान पक्राउ गरेको हो ।

धिरेन्द्र शाहको घरमा खानतलासी गर्दा प्रहरीले उनीहरुलाई लागु औषध सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको बताईएको छ ।