२०७८ भाद्र २३ गते बुधवार
२०७८ भाद्र २३ गते बुधवार

५ लाख मुल्य बराबरको अबैध पटाका बरामद

बाँकेको जमुनाह नाका हुँदै नेपाल भित्राउँदै गरीएको अबैध पटाका प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाहको सक्रियतामा ५ लाख मुल्य बराबरका अबैध पटाका बरामद गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

कोरोना कहरका कारण बन्द रहँदै आएको सिमा नाकाबाट समेत तिहारलाई लक्षित गर्दै बिष्फोटक पदार्थ (पटाका) भित्रन थालेपछि सिमानाकामा निगरानी बढाईएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख ओम रानाले बताए ।

तिहारमा बिशेष रुपमा प्रयोग हुने पटाकाहरुले बिभिन्न घटनाहरु हुन सक्ने भन्दै प्रहरीले बिशेष निगरानी राखेको रानाले बताए । पटाका ल्याउने ब्यक्ति मोटरसाईकल छाडेर फरार भएपनि उनले ल्याएको अबैध पटाका भने नियन्त्रण गर्न सफल भएको प्रहरीले जनाएको छ ।