२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

कोरोना संक्रमणबाट घोराहीका एक शिक्षकको मृत्यु

दाङका एक शिक्षकको कोरोना संक्रमणका कारण निधन भएको छ ।

घोराही उपमहानगरपालीका वडा नम्बर १५ निवासी मदनकुमार शर्माको कोरोना संक्रमणबाट निधन भएको हो । उनको नेपालगञ्जमा उपचारको क्रममा निधन भएको श्वास्थ्य कार्यालय बांकेले जनाएको छ ।

शर्मा मावि भ्युडहर सुनपुर भमकेका प्रधानाध्यापक भई कार्तिक १ गते देखि मावि गोग्लीमा सरुवा भएका थिए ।

शर्मा एकीकृत अखिल नेपाल शिक्षक संगठन लुम्बिनी प्रदेशका अध्यक्ष समेत थिए ।