२०७८ साउन १८ गते सोमवार
२०७८ साउन १८ गते सोमवार

पानी जम्मा गर्ने खाल्डोमा डुबेर २ वर्षीय बालकको मृत्यु

प्रतीकात्मक तस्वीर ।

फोहोर पानी जम्मा गर्ने खाल्डोमा डुबेर एक जना बालकको मृत्यु भएको छ ।

सर्लाहीको ईश्वरपुर नगरपालिका ५ स्थित महेन्द्र विष्टको घर अगाडि फोहोर पानी जम्मा गर्ने खाल्डोमा डुबेर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सोही ठाउँका विक्रम महतोका २ वर्षीय छोरा रामप्रवेश महतो छन् । बालकको शुक्रबार साँझ डुबेर मृत्यु भएको सर्लाही प्रहरीका प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

उनका अनुसार घटना सम्बन्धमा अन्य अनुसन्धान भइरहेको छ ।