२०७८ साउन १६ गते शनिवार
२०७८ साउन १६ गते शनिवार

शान्तिनगरमा वालविवाह उन्मुलनका लागि रणनितिक छलफल

शान्तिनगर गाउँपालिकामा बालबिवाह उन्मुलनका लागि रणनितिक योजना मस्यौदा माथि छलफल गरिएको छ ।

पछिल्लो समयमा बालविवाह गर्नेको संख्यामा कमी नआएको भन्दै शान्तिनगरमा बालबिवाह उन्मुलनका लागि रणनितिक योजना सुरु गरिएको र यसका लागि तयार पारेको रणनितिक योजना मस्यौदा माथि छलफल गरिएको हो ।

शान्तिनगर गाउँपालिका र सिड संस्थाको आयोजना तथा जुरी नेपाल प्राविधिक एवम आइएम नेपालको सहयोग शान्तिनगरमा बालबिवाह उन्मुलनका लागि रणनितिक योजना सुरु गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीको अध्यक्षमा भएको छलफलमा सहभागीहरुले बढ्दो बालबिबाह उन्मुलन गर्न सबैले ध्यान दिनुपर्ने बताएका थिए । गाउँपालिका तथा विभिन्न संस्था लगायत सबैले बालबिवाह उन्मुलन सम्वन्धि सचेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको बताए । शान्तिनगरमा सुरु भएको बालबिवाह उन्मुलनका लागि रणनितिक योजना राम्रो भएकाले सबैले साथ दिनुपर्ने सहभागीहरुले जोड दिएका थिए ।

छलफल कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मिथिला शाह, प्रमुख प्रशासकिय अधिकृत रेमन्त वहादुर डाँगी, वडा अध्यक्षहरु फर्साराम डाँगी, बुद्धिराम तिवारी, जंग वहादुर पुन, धन वहादुर केसी, महिला विकास अधिकृत सावित्रा आचार्य, स्वास्थ्य शाखा प्रमुख हरी पुन, कार्यपालिका सदस्यहरु, न्यायिक समिति, ओरेक नेपाल, माहुरी होम, एफएडआईडी संस्था लगायतको सहभागिता रहेको थियो ।

सो अवसरमा सबैसंग समन्वय गरेर अगाडि बढ्न सुझाव दिइएको थियो । महिला समूह, आमा समूह, बाल क्लव, पुरोहित पण्डित, थारु अगुवा मतहवा लगायत सबैसंग छलफल तथा समन्वय गरेर आवश्यक मस्यौदा संशोधन गरेर अगाडि बढ्न सहभागीहरुले सुझाव दिएका थिए ।

यसैगरी बरिष्ठ अधिबक्ताहरु बिष्णु प्रसाद शर्मा, बलमाया विश्वकर्माले रणनितिक योजनाको महत्व तथा आवश्यकताको बारेमा जुम भिडियो कन्फरेन्स मार्फत विचार राखेका थिए ।
छलफल कार्यक्रममा सिड संस्थाका कार्यकारी निर्देशक भागिराम चौधरीको बालबिवाह उन्मुलनका लागि रणनितिक योजना बारेमा प्रकाश पारेका थिए भने कार्यक्रमको विषयबस्तुका बारेमा सिड संस्थाका कार्यक्रम संयोजक माधवराज चौधरीले प्रस्तुत गर्नुका साथै कार्यक्रमको सहजिकरण पनि गरेका थिए ।