२०८२ असार १ गते आइतवार
२०८२ असार १ गते आइतवार

दाङमा रासायनिक मलको अभाव

फाइल तस्वीर ।

जिल्लामा रासायनिक मलको अभाव भएको छ । गहुँ खेती शुरु हुन लाग्दा जिल्लामा मलको अभाव देखिएको हो ।

जिल्लामा मल आपूर्तिको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेडले हाल आफूहरुसँग एक बोरा पनि मल नभएको जनाएको छ ।

साल्ट ट्रेनिङले भने जिल्लामा मल केही मात्रामा उपलव्ध गराएको बताएको छ । धान खेतीमा मलको अभाव व्यहोरेका किसानहरुले गहुँका लागि पनि मलको अभाव खेप्नुपरेको कृषकहरु बताउँछन् । जिल्लामा करिव एक हजार टन डिएपी मल आवश्यक पर्छ ।

गोदाममा डिएपी–युरिया मल एक बोरा पनि मौज्दात नभएको कृषि सामग्री कम्पनी लिमिटेड तुलसीपुरका प्रमुख तीर्थ न्यौपानेले बताए । न्यौपानेले २–४ दिनभित्र डिएपी मल आउने बताए । तर युरिया मल भने कहिले आउँछ कुनै ठेगान नभएको बताए ।