२०७८ साउन १८ गते सोमवार
२०७८ साउन १८ गते सोमवार

होम आइसोलेसनमा बसेका २ कोरोना संक्रमितको मृत्यु

सांकेतिक तस्वीर ।

कैलालीमा होम आइसोलसनमा बसेका २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

टीकापुर नगरपालिकाका ४९ वर्षीय पुरूष र बर्दगोरिया गाउँपालिकाकी ५९ वर्षीया कोरोना संक्रमित महिलाको गएराति मृत्यु भएको हो।

उनीहरू दुवैको स्वास्थ्यमा समस्या आएपछि होमआइसोलेसनमै मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। जोशीका अनुसार टीकापुरका पुरूषमा १५ गते कोरोना पुष्टि भएको थियो।

यस्तै, बर्दगोरियाकी महिलामा १८ गते संक्रमण देखिएको थियो।

संक्रमण पुष्टि भएपछि दुवै जना घरकै होमआइसोलसनमा बस्दै आएका थिए।

उनीहरूको शव स्थानीय तह र आफन्तको समन्वयमा नेपाली सेनाले व्यवस्थापन गर्ने जोशीले बताए।