२०७८ साउन १८ गते सोमवार
२०७८ साउन १८ गते सोमवार

राप्ती प्रादेशिक अस्पतालको वार्षिक समीक्षा

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले एक बर्षमा भएका गतिविधिको समीक्षा गरेको छ ।

सो अवसरमा पछिल्लो समय अस्पतालमा उपचार सेवा लिन आउने बिरामीको संख्या बढ्दै गएकाले प्रभावकारी, गुणस्तरीय र उपचारमा सहजता कसरी बनाउन सकिन्छ भन्ने विषयमा व्यापक छलफल गरिएको थियो ।

उपचारमा संलग्न चिकित्सकले पनि बिरामीलाई राम्रोसंग परामर्श गरेर उपचार गर्नु पर्ने भन्दै समीक्षात्मक बैठकका सहभागीले सकभर रिफरल संख्यालाई सुन्यमा झार्न प्रयत्न गर्नुपर्नेमा जोड दिएका थिए । प्रत्येक दिन गरिएका कामको अभिलेखीकरण गर्न अत्यन्त जरुरी भएकाले अस्पताल भित्रका सबै शाखाले आ–आफ्नो जिम्मेवारी अनुसार बिरामीको तथ्याङक राख्नु पर्नेमा समेत छलफलमा जोड दिइएको थियो ।

त्यसैगरी अस्पतालमा काम गर्दा आएका विभिन्न कठिनाई, समस्या र चुनौति तथा सुधार गर्नु पर्ने विषयमा ईमरजेन्सी, नर्सिङ र मेडीकल रकर्डर शाखाका प्रमुखहरुले आफ्ना भनाई राखेका थिए ।

सो अवसरमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सर्वेश शर्मा, अर्थो डाक्टर ओम आचार्य, अस्पतालका सूचना अधिकारी गोपाल चौधरी, ईमरजेन्सी शाखा ईन्चार्ज, सन्दिप खड्का, नर्सीङ ईन्चार्ज रमा पराजुली, पत्रकार सुशिल बस्नेत लगाएतले अस्पतालले सेवा र भौतिक विकासमा निकै सुधार गरेको भन्दै अझै जोडतोडका साथ लाग्नु पर्ने बताएका थिए ।