२०७८ साउन १८ गते सोमवार
२०७८ साउन १८ गते सोमवार

तुलसीपुरबाट रोल्पा जाँदै गरेको जिप दुर्घटना, ३ जनाकाे मृत्यु

फाइल तस्वीर ।

दाङको तुलसीपुरबाट रोल्पाको गंगादेव गाउपालिका राँककाे लागि छुटेकाे लु १ ज २९११ नम्बरको डबलक्याप जिप सल्यानको छत्रेश्वरी गाउँपालिका–४ दिवांगघारीकाे भिर नजिकै दुर्घटना भएको छ । दुर्घटना हुँदा रोल्पाका चालक सहित ३ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटनामा परि ज्यान गुमाउनेहरुमा गाडी चालक रोल्पा गंगादेव गाउँपालिका–७ निवासी ३५ वर्षीय भिम बहादुर वली, सोही ठाउँका १७ वर्षीय भिमराज बुढा र गंगादेव गाउँपालिका –५ निवासी ६५ वर्षीय गंज बहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिए ।

गाडीमा सवार अन्य ५ जना भने सकुशल रहेका छन। घटनास्थलमा प्रहरी पुगी सकेको र घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।