२०८२ असार १ गते आइतवार
२०८२ असार १ गते आइतवार

१३ बर्ष देखि व्यवसायीक गाईपालनमा रावतगाउँका शर्मा

दाङको दंगिशरण गाउँपालिका वडा नं. ३ रावतगाउँका प्रेम शर्माले विगत १३ बर्ष देखि व्यवसायीक गाईपालन गर्दैै आएका छन् ।

छिमेकी मुलुक भारत तथा खाडि मुलुक समेत गएका शर्माले आफ्नै ठाउँमा केही गर्नु पर्छ भन्ने उद्येश्यले व्यवसायीक गाईपालनमा लागेका हुन । सूरुमा एक वटा गाई किनेर गाईपालनमा लागेका शर्मासंग हाल १३ वटा दुना गाई रहेका छन् । विदेशमा दुख पाएका शर्माले गाईपालमा अहिले आफू सन्तुष्ट रहेको बताउछन् ।

महिनामा सबै खर्च कटाएर महिनाको ८० हजार रुपैयाँ बचाउने गरेको उनि बताउछन् । गाईपालन गरेको लामो समय भएपनि सरकारी तथा गैरसरकारी संस्थाले कुनै पनि सहयोग नगरेको शर्माको गुनासो छ ।
जिल्लामा ब्याबसायिक रुपले पशुपालन गर्ने किसान आफू रहेको दावी गर्ने शर्माले राज्यको तर्फबाट पाउने सेवा सुबिधा अहिले सम्म पाउन नसकेका छैन् ।

स्थानिय तह तथा अन्य स्थानबाट अनुदान तथा सहयोग आउछ भन्ने सुनेको छु तर मैले अझै सम्म कसैबाट सहयोग पाउन नसकेको शर्मा बताउनछन् । स्थानिय स्तरमा गाईपालन किसानको लागि उत्साहित र प्रोत्साहनका कुनै कार्यक्रम आए राम्रो हुने शर्माको आशा रहेको छ ।

बास्तविक किसानले राज्यबाट पाउने सुविधा नपाउदा आफू दुखि हुने गरेको उनि बताउछन् ।