२०७८ साउन १६ गते शनिवार
२०७८ साउन १६ गते शनिवार

सञ्चारकर्मी नेपालीद्वारा जीवन रक्षा गरिदिन आग्रह

विगत लामो समयदेखि सञ्चारकर्मीको रुपमा काम गर्दै आईरहेका वलविर नेपाली अहिले जीवन र मृत्युसँग लडिरहेका छन् । उनले आफ्नो जीवन रक्षाका लागी सहयोग गर्न पनि अपिल गरेका छन् ।

हिजोका दिनमा दिन दुखी र बेसाहारका आवाजलाई सामाजिक सञ्जालमार्फत् देश तथा विदेशमा पुराई सहयोग जुटाईदिने वलविर अहिले हस्पिटलको वेडबाट सहयोगको माग गर्दै छन् । उपचारमा अर्थिक अभाव देखिएपछि वलविरले आफ्नो उपचारमा सहयोग गरिदिन समाजिक सञ्जाल फेसबुकमार्फत सवैमा आग्रह गरेका हुन ।

दाङको गोर्खा पब्लिक हस्पिटलको आपतकालिन वार्डमा भर्ना भएका छन् । रोल्पाको रुन्टिगढी गाउँपालिकाका वलविर नेपालीलाई मृगौलामा समस्या देखिएको छ । सोही समस्याका कारण अहिले वलविरको मुखसहित पुरा ज्यान सुनिएको छ ।

केहि समय पहिले भारतको अस्पतालमा भारतिय रकम ५५ हजार वरावरको औषधी लिएको नेपाली नेपाली बताए । औषधि सेवनले वलविरमा केहि सुधार आएपनि पुनः अहिले पुरै शरिर शुनिएको छ । अहिले अर्को औषधि चलाईएको छ ।

क्रिटिनिन (मृगौलाले काम नगरेपछि रगतमा देखिने वेस मेटरियल) को मात्रा बढेपछि यस्तो समस्या देखिएको छ । विगतमा रेडियो गणतन्त्र र रेडियो झरना एफएममा प्राविधिकको रुपमा काम गरेका वलविर नेपाली पछिल्लो समयमा बास्तविक खवर नामक युटुव च्यानलको सञ्चालकको रुपमा काम गर्दै आएका थिए ।

नेपालीले फेसबुकमा स्ट्याटस लेख्दै यस्तो भन्नु भयो, देश विदेशबाट मलाई सहयोग गर्ने सबैलाई धन्यवाद । अझै सहयोग आवश्यक परेकोले सम्पुर्ण सहयोगी मिडियाकर्मी साथि, भाइ, आफन्त, दाजुभाइ तथा दिदीबहिनीहरुलाई अनुरोध गर्दछु ।