२०७८ भाद्र १७ गते बिहिवार
२०७८ भाद्र १७ गते बिहिवार

सल्यानको श्रीनगर बजार २९ गतेसम्म बन्द

सल्यानको श्रीनगर बजार एक साताको लागी बन्द गरिएको छ ।

स्थानिय एक व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएपछि श्रीनगर बजार एक साताका लागी बन्द गरिएको शारदा नगरपालिका वडा नम्बर १ ले आईतबार एक बिज्ञप्ती जारी गरी जनाएको छ ।

आईतबार २३ गतेदेखी कात्तिक २९ गतेसम्म शान्तिनगर, श्रीनगर, शितलपाटीदेखी बेलघारीसम्म बन्द गरिएको वडाअध्यक्ष नवराज बुढाथोकीले जानकारी दिए ।

यो अवधिमा अत्याबश्यक सामान खरिदको लागी भने स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी बिहान ६ वजे देखी १० बजे सम्म पसल तथा बैँकहरु सञ्चालन गर्न सकिने उनको भनाई छ ।