२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

जेष्ठ नागरिकलाई सहयोगी सामाग्री

राप्ती गाउँपालिकामा ८० वर्ष माथिका जेष्ठ नागरिकलाई सहयोगी सामाग्री उपलब्ध गराईएको छ ।

राप्ती गाउँपालिका तथा लुम्विनी प्रदेश मुख्यमन्त्रि ग्रामीण विकास कार्यक्रमको समन्वयमा ९ वटै वडाका ३१४ वढि जेष्ठ नागरिकलाई थरमस र लाईट उपलब्ध गराईने मुख्यमन्त्रि ग्रामीण विकास कार्यक्रमका कार्यक्रम सहजकर्ता टिका बस्नेतले जानकारी दिनु भएको छ ।

आईतवार देखी सहयोगी सामाग्री वितरण सुरु गरिएको र आगमी शुक्रवार सम्म सम्पुर्ण ८० वर्ष माथिका जेष्ठ नागरिकको हातहातमा थरमस र लाईट उपलब्ध गराईने राप्ती गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख जिवन कुमारी जि।सीले जानकारी दिनु भएको छ ।

आईतवार वडा नं १, २ र ३ मा गाउँपालिका अध्यक्ष नुमानन्द सुबेदि उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, वडा अध्यक्ष जगत बहादुर थापा, तारा बहादुर डि।सी लगायतको सहभागीता जेष्ठ नागरिकलाई सहयोगी सामाग्री उपलब्ध गराईएको हो ।

यसै क्रममा राप्ती गाउँपालिका तथा लुम्विनी प्रदेश मुख्यमन्त्रि ग्रामीण विकास कार्यक्रमको समन्वयमा शिक्षा सुधार कार्यक्रम अन्तरगत नयाँगाउँ स्थीत जनज्योति आधारभुत विद्यालय लाई बालविकासका विद्यार्थिलाई लक्षित गरि टेलिभिजन उपलब्ध गराईएको छ ।