२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

बुटवल विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु

रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सैनामैना–१ का ५५ वर्षीय पुरुष रहेको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले बताए ।

स्वास्थ्यमा समस्या आएपछि आइतबार बिहान साढे १० बजे अस्पताल ल्याइएका उनको पीसीआर नतिजा पोजिटिभ आएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । उपचारकै क्रममा दिउँसो साढे १ बजे उनको मृत्यु भएको गौतमले जनाए । मृतकलाई उच्च रक्तचापको समस्या रहेको थियो ।