कोभिड –१९ का कारण कमजोर बनेको आन्तरिक पर्यटनलाई माथि उठाउने उदेश्यले बिश्वसाईकल यात्रीको रेकर्ड राखेका पुस्कर शाहको १३ सदस्यीय साईकल यात्री टिम दाङमा आाएको छ ।
स्वस्थ्य र सुरक्षीत हुन सके कोरोना संक्रमणबाट सुरक्षित हुन सक्ने र पर्यटन प्रर्बद्धन गर्न सकिने सन्देश दिन सुदुरपश्चिमको महाकालीबाट पूर्बी नेपालको ईलाम पुग्ने शाहले बताउनुभयो । दाङमा गरिएको स्वागत कार्यक्रममा बोल्नुहुदै शाहले साईकिल यात्रा शुरु गरेको ५ औ दिन दाङको तुलसीपुरमा आईपुगेको र पुर्बी नेपालको ईलाम सम्प पुग्दा २४ जिल्लामा आन्तरिक पर्यटन प्रर्बद्धनको सन्देश दिने बताउनुभयो । २२ दिने साईकल यात्रको लागि नेपाल पर्यटन बोर्डले पर्यटन प्रर्बद्धनका लागि सहयोग गरेको जानकारी दिनुभयो । कोरोनाका कारण सबैभन्दा बढी होटलहरु मारमा परेको उहाँले बताउनुभयो ।
‘होटल करिव करिव सुनासान झै छन् । अव लुकेर डराएर हुदैन, कोरोनासँग सुरक्षित भएर पर्यटन प्रर्बद्धन गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।
महाकालीबाट दाङ प्रबेश गरेका शाह नेतृत्वको टोलीलाई दाङका साईकिलष्टहरुको युवा समूहले शनिबार दाङ र बाँकेको सीमाबर्ती अमिलियामा स्वागत गरेका रेश्मीराज अधिकारीले जानकारी दिनुभयो । आज बिहान तुलसीपुर प्रबेश गरेको शाहको टोलीलाई तुलसीपुर स्थीत मिलिनियम फेन्सीका प्रोपाईटर बिनोद श्रेष्ठले खादा ओढाई सम्मान गर्नुभएको थियो ।
शाहीको नेतृत्वको साईकल यात्री टोली आजै घोराही हुँदै धार्मीक स्थल स्वर्गद्धारी जाने र उतैबाट पूर्बी नेपाल प्रस्थान गर्ने बुझिएको छ ।