२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

दाङमा आईसियू र भेन्टीलेटरको व्यवस्थापन अझै हुन सकेन

दाङमा आईसियू बेडको बिस्तार अझै हुन सकेको छैन । दोस्रो चरणको कोरोना भाईरस संक्रमणले मानिसलाई फोक्सोसँग सम्बन्धि समस्या बढी लक्ष्यण देखिने र आईसियू वा भेन्टीलेटरमा राख्नुपर्ने अबस्था छ ।

स्वास्थ्कर्मीहरुले प्रयाप्त मात्रमा भेन्टिलेटर र आईसियूको ब्यबस्था गरिनुपर्ने सुझाब दिई रहेका छन् तर पनि स्थानीय सरकारहरुले खासै चासो दिन सकेका छैनन् ।

दाङको कोरोना विशेष अस्पतालमा ५ वटा भेन्टिलेटर र ५ वटा आईसियू, दंङगीशरण गाँउपालिकाको श्रीगाउँ स्वास्थ्य कार्यालयमा ५ वटा आईसियू र राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कम्तीमा १० वटा आईसियू रहेको बताइएको छ ।

दाङमा हालसम्म १९ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ । ती मध्ये भेन्टिलेटरको अभाबमा जिल्ला बाहिर भर्ना गरिएका कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।

जिल्लामा २ हजार ४ सय ४९ जना कोरोन संक्रमित मध्ये निको हुनेको संख्या १ हजार ९ सय ८१ जना छन् । सक्रिय संक्रमितको संख्या ४ सय ४९ जना रहेको फोकल पर्सन कमल चन्दले जानकारी दिनुभयो ।

ती मध्ये होम आईसोलेसनमा ३ सय ८१ र ६८ जना संस्थागत आईसोलसनमा भर्ना गरिएको छ ।