लायन्स क्लबको निर्माणधिन भवनका लागि लियो क्लब अफ दाङ तुलसीपुरले आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ ।
लियो क्लब अफ दाङ तुलसीपुरले एक कार्यक्रमको आयोजना गरी लायन्स क्लब अफ दाङले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–६ को गाईडरमा निर्माणधीन लायन्स क्लबको भवन लाई २७ हजार दुई सय २१ रुपैंया आर्थिक सहयोग रकम हस्तान्तरण गरेको हो ।
लायन्स क्लब अफ दाङका अध्यक्ष सुरेश हमाल र भवन निमार्ण समितिका संयोजक यज्ञ बहादुर केसीको विशेष उपस्थितीमा कार्यक्रमको आयोजना गरी सो रकम लियो क्लब अफ दाङ तुलसीपुरका अध्यक्ष सन्तोष के.सी.ले हस्तान्तरण गरेका थिए ।
लियो क्लबका संस्थापक अध्यक्ष धु्रवराज न्यौपानेले रु ११ हजार १ सय ११ रुपैंया, लियो क्लब अफ दाङ तुलसीपुरका अध्यक्ष सन्तोष केसीले ५ हजार ५ सय ५५ रुपैंया, लियो क्लब अफ दाङ तुलसीपुरका प्रथम उपाध्यक्ष राजेन्द्र महताराले ५ हजार ५ सय ५५ रुपैंया र लियो क्लब अफ दाङ तुलसीपुरको तर्फ बाट रु ५ हजार गरी जम्मा २७ हजार २ सय २१ रुपैंया हस्तान्तरण गरिएको थियो ।
करिब दुई बिगाह जग्गामा डेण्टल अस्पताल स्थापना गर्ने निर्णय यस अघिनै भएको र हाल अफिस कोठा र हल कोठा निर्माण गरेर काम सुरु गर्न लागेको लायन्स क्लब अफ दाङका अध्यक्ष सुरेश हमालले जानकारी दिनुभयो ।
क्लवका द्धितीय उपाध्यक्ष निर्मल खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण क्लबका सहसचिव प्रकाश न्यौपानेले गरेका थिए ।