२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड नाघ्यो

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पाँच करोड भन्दा बढि पुगेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार विश्वमा पाँच करोड तीन लाख १६ हजार भन्दा बढिमा संक्रमण पुष्टि भएको हो ।

युरोप तथा अमेरिकामा संक्रमण पुनः तीव्र गतिमा फैलिन थालेपछि कुल संक्रमितको संख्याले नयाँ आँकडा पार गरेको हो ।

विश्वभर कोभिड–१९ बाट १२ लाख ५५ हजार भन्दा धेरैको ज्यान गएको छ ।

धेरै देशमा पर्याप्त परीक्षण नभएकाले संक्रमितको संख्या थाहा पाए भन्दा धेरै हुन सक्ने विज्ञले बताएका छन् ।

कुल संक्रमित मध्ये महामारीको दोस्रो लहरमा संक्रमित हुने एक चौथाई रहेको समाचार संस्था रोयटर्सले जनाएको छ ।