२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

तुलसीपुरका ४ वटा वडा र खानेपानी कार्यालय सिल

कोरोना भाईरस संक्रमण समूदायमा प्रवेश गरेर संक्रमण बढ्दै गएकाले तुलसीपुरका ४ वटा वडा कार्यालय र तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई आज सोमबारदेखि सिल गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर २,५, ८ र ९ का कार्यालयहरु सिल गरिएको हो । वडा नम्वर २ कार्यालय आगामी मंसिर २ गतेसम्म बन्द गरिएको अध्यक्ष राजु आचार्यले जानकारी दिनुभएको छ । उहाँका अनुसार वडा भित्रका शैक्षिक संस्थाहरु र अत्याबश्यक काम बाहेक वडा कार्यालय बन्द गरिएको छ ।

वडा नम्वर ५ कार्यालयले अति आवश्यकिय सेवा बाहेक आज सोमबारदेखि कार्तिक २८ गतेसम्म वडा कार्यालयका सबै सेवा बन्द गरिएको अध्यक्ष बिरेन्द्र शाहले जानकारी दिनुभएको छ । संक्रमणका कारण मानिसको मृत्यु समेत भईरहेको अवस्थालाई विश्लेषण गरि कार्तिक २८ गते सम्म बन्द गरिएको उहाँले बताउनुभयो ।

वडा नम्वर ८ का अध्यक्ष बेदबहादुर केसीले सामाजिक सञ्जाल मार्फत सूचना जारि गरि वडा कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना पोजेटिभ देखिएकोले आज सोमबारदेखि मंसिर ८ गतेसम्म वडा कार्यालय शील गरिएको जानकारी दिनुभएको छ । तर बिदेश जानका लागि र स्वदेश फर्कनका लागि आवश्यक पर्ने सिफारिस पत्र दिने कार्य भने नियमित हुने छ ।

वडा नम्वर ९ का अध्यक्ष घनश्याम ढकालले सामाजिक सञ्जाल माफर्त सूचना जारि गरि मंसिर २ गतेसम्म वडा कार्यालय र शैक्षिक संस्थाहरु बन्द गरिएको जानकारी दिनुभएको छ ।

यसै गरी तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था पनि आज सोमबारदेखि सिल गरिएको छ । कार्यालयमा कार्यरत एक जना महिलालाई कोरोना पोजेटिभ देखिएकाले आज सोमबारदेखि कार्तिक २८ गतेसम्म कार्यालय सिल गरिएको अध्यक्ष खेमराज वलीले जानकारी दिनुभएको छ ।