२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

चितुवाको आक्रमणबाट बैतडीमा किशोरीको ज्यान गयो

फाइल तस्वीर ।

चितुवाको आक्रमणबाट बैतडीमा एक किशोरीको ज्यान गएको छ ।

शिवनाथ गाउँपालिका ४ बगारकी अन्दाजी १८ वर्षीया माया महताको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । घाँस काट्न छिमेकी जिल्ला डडेल्धुराको भागेश्वर गाउँपालिका १ मर्मागाड पुगेकी किशोरीको सोमबार दिउँसो साढे २ बजेतिर आक्रमण गर्दा मृत्यु भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए ।

गत आइतबार मात्रै भागेश्वरमा चितुवाले १२ वर्षीय बालकको ज्यान लिएको थियो । घटनास्थल बैतडीको शिवनाथ गाउँपालिकासँग जोडिएको डडेल्धुराको भागेश्वर गाउँपालिका १ मा पर्ने बैतडीले प्रहरीले जनाएको छ ।

घटनाका बारेमा थप बुझ्नका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट प्रहरी टोली खटिसकिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । बैतडीको सीमासम्म बैतडीबाट पनि प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

नरभक्षी चितुवाको आक्रमणबाट तल्लोसोराड क्षेत्रमा अहिलेसम्म २७ जनाको ज्यान गइसकेको छ ।