२०७८ साउन १८ गते सोमवार
२०७८ साउन १८ गते सोमवार

कोरोना संक्रमणबाट घोराहीका ६४ वर्षिय पुरुषको मृत्यु

सांकेतिक तस्वीर ।

कोरोना भाइरस संक्रमणबाट दाङका एक पुरुषको मृत्यु भएको छ ।

सोमबार दाङ घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी ६४ वर्षिय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

योसँगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।