२०७८ साउन १८ गते सोमवार
२०७८ साउन १८ गते सोमवार

फाल्गुनन्दको जन्मजयन्ती मनाइँदै

समाज सुधारकका रूपमा परिचित फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती मंगलबार किरात धर्मावलम्बीहरूले विशेष महत्त्वका साथ मनाउँदैछन्।

नेपाल सरकारले २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषणासमेत गरेको लिङ्देनका जन्मस्थानमा जयन्तीका दिन विशेष पूजासहितका कार्यक्रम राखिने गरिन्थ्यो। तर यो वर्ष कोरोना महामारीका कारण सामान्य पूजा र कार्यक्रम मात्र गर्ने तयारी गरिएको छ। किराँतीहरूले फाल्गुनन्दलाई महागुरुको रूपमा पुज्ने गरेका छन्।

फाल्गुनन्दको जन्म १९४२ साल कात्तिक २५ गते आइतबार हालको प्रदेश १ को इलामस्थित माङ्सेबुङ गाउँपालिका २ इभाङस्थित चुम्चिनाम्बामा भएको थियो। फाल्गुनन्दले समाज सुधारमा महत्त्वपूर्ण योगदान दिएका छन्। उनले किरात धर्मावलम्बीहरूको मुन्धुमलाई लिखित रूपमा ल्याउन सुरुआत गरेका थिए।

२००५ साल चैत २२ गते ६६ वर्षको उमेरमा पाँचथरको इम्बुङमा निधन भएका उनले महिलालाई पनि पुरुष समान अधिकार र सम्मान दिनुपर्ने सन्देशको प्रचार गरेर लैंगिक समानताको पनि वकालत गरेको मानिन्छ।