२०७८ साउन १६ गते शनिवार
२०७८ साउन १६ गते शनिवार

बर्दियाका थप दुई जना कोरोना संक्रमितको मृत्यु

सांकेतिक तस्वीर ।

कोरोनाले बर्दियामा थप दुई जनाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–२ का २९ वर्षीय र बासगढी नगरपालिका–८ का ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनीहरूको नेपालगन्जस्थित शिक्षण अस्पताल र वेस्टेन अस्पतालमा उपचार क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य प्रमुख गोकर्ण गिरीले बताए ।

ठाकुरबाबा–२ का २९ वर्षीय पुरुषलाई निमोनिया भएपछि कात्तिक २३ गते बाँकेको कोहलपुर शिक्षण अस्पताल भर्ना गरिएको थियो । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँबाट शिक्षण अस्पताल नेपालगन्ज लगिएकोमा उपचारकै क्रममा सोमबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यसै गरी बासगढी–८ का पुरुष सवारी दुर्घटनामा खुट्टा भाँच्चिएपछि बाँकेकै वेस्टेन अस्पतालमा उपचार गराइरहेका थिए । त्यही क्रममा गरिएको पीसीआर परीक्षणमा उनलाई कोरोना पुष्टि भएको थियो । उपचारकै क्रममा सोमबार बेलुकी ७ बजे उनको मृत्यु भएको गिरीले जानकारी दिए । बर्दियामा हालसम्म ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।