२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

बर्दियामा कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु

कोरोनाले बर्दियामा थप एक जनाको मृत्यु भएको छ । राजापुर नगरपालिका–८ का ३२ वर्षीय पुरुषको मंगलबार दिउँसो मृत्यु भएको हो ।

नेपालगन्जस्थित भेरी अस्पताल भर्ना गरिएका उनको उपचार क्रममै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिए । कात्तिक १४ गते स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि उनलाई भेरी अस्पतालमा भर्ना गरिएको थियो ।

प्रजिअ अधिकारीका अनुसार ती व्यक्ति एक निजी स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी हुन् ।