मंगलबार थप दुई हजार ७ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार थप दुई हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
योसँगै संक्रमितको संख्या एक लाख ९९ हजार ७६० पुगेको छ।
त्यस्तै, संक्रमणबाट गएको २४ घण्टामा २२ जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ११४८ पुगेको छ।
एक हजार ७ सय ९८ जना निको भएका छन्।