२०७८ साउन १६ गते शनिवार
२०७८ साउन १६ गते शनिवार

बागर प्रहरीद्वारा घरेलु मदिरा नष्ट

प्रहरी चौकी बागरले मंगलबार अबैध मदिरा नष्ट गरेको छ । दंगीशरण गाउँपालिका वडा नं. ६ का वडा सदस्य ममता परियारको नेतृत्वमा प्रहरी र स्थानीयको सहकार्यमा दंगीशरण गाउँपालिका वडा नं. ६ र ७ को बिभिन्न टोलमा अबैध रुपमा बनाईएको ५५ लिटर घरेलु मदिरा नष्ट गरेको हो ।

प्रहरी चौकी बागरका प्रहरी सहायक निरीक्षक तिर्थराज भुसालका अनुसार कोरोनाको जोखिम र चाडपर्वलाई लक्षित गरि प्रहरी चौकी बागरले मदिराजन्य बस्तुहरु नष्ट गरेको हो ।

त्यसैगरी प्रहरी चौकी बागरले आफ्नो एरियामा शान्ति, सुरक्षा र अपराध रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले १६ वटा टोल सुरक्षा समिति समेत गठन गरि आफ्नो वडा एरियामा बलियो सुरक्षा सतर्कता अपनाएको छ ।