२०८१ माघ २७ गते आइतवार
२०८१ माघ २७ गते आइतवार

मौरिघाटमा ट्रकको ठक्करबाट ३ जनाको घटनास्थलमै मृत्यु

ट्रकले ठक्कर दिदा दाङमा ३ जना जनाको घटनास्थलमै मृत्यु भएको छ ।

राप्ती गाउँपालिका वडा नम्बर ४ मौरिघाट स्थित पश्चिमबाट पूर्व तर्फ जादै गरेको ना ६ ख ३३४४ नम्बरको ट्रकले पूर्वबाट पश्चिम तर्फ जादै गरेको रा ५ प ६७४४ नम्बरको माेटरसाइकललाइ ठक्कर दिदा माेटरसाइकलमा सवार ३ जनाको घटनास्थलमै मृत्यु जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मृतक ३ जनाको नाम, ठेगाना भने खुल्न नसकेको जिल्ला प्रहरि कार्यालय दाङका प्रबक्ता डिएसपि सुमित खड्काले जानकारी दिए । खड्काले मृत्यु हुनेमा अन्दाजी २५ देखि ३० बर्ष उमेरका रहेको बताए ।

शवलाई पाेष्टमार्टमकाे लागि लमही अस्पतालमा राखिएको छ । मृतक ३ जनाको टाउकाे बिचबाट चिरा परेकाे र खुट्टा चुडिएकाे छ ।