२०७८ साउन १६ गते शनिवार
२०७८ साउन १६ गते शनिवार

दाङ जिल्लाभर तिहारमा देउसी–भैलो खेल्न निषेध

फाइल तस्वीर ।

जिल्ला प्रशासन कार्यालय दाङले नेपालीहरुको दोस्रो महान पर्व तिहारमा देउसीभैलो खेल्न निषेध गरेको छ ।

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम बढ्न सक्ने भन्दै यस पालीको तिहारमा जिल्लाभर देउसीभैलो, अनावश्यक हिड्डुल गर्न निषेध गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्यले मंगलवार एक सुचना जारी गर्दै आगामी मंसीर ६ गतेसम्म जिल्लामा निषेधाज्ञा जारी गरिएको बताएका छन् । जिल्लामा हुने अनावश्यक हिडडुल, जमघट, भिडभाड गर्न नपाईने जारी सुचनामा उल्लेख छ । नजिकिदै गरेको तिहार र छठ जस्ता चाडपर्वहरुको समयमा मठमन्दिर तथा धार्मिक स्थलहरुमा नजान समेत आग्रह गरिएको छ ।

कोरोना संक्रमणको दर बढ्दै गएकाले जिल्लामा सवैले सावधानी अपनाउन उनले आग्रह गरेका छन् । साथै चाडपर्वको अवसरमा राजनितिक दल, संघसंस्था, क्लव, समुह लगाएतले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना नगर्न पनि अपिल गरिएको छ ।