२०८१ माघ १३ गते आइतवार
२०८१ माघ १३ गते आइतवार

अपडेट : ट्रकको ठक्करबाट ज्यान गुमाउनेहरुको पहिचान खुल्यो

मंगलबार राति दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरिघाटमा ट्रकको ठक्करबाट ज्यान गुमाउने ३ जना व्यक्तिको पहिचान खुलेको छ । ट्रकको ठक्कबाट ज्यान जानेको व्यक्ति पहिचान हिजो खुल्न सकेको थिएन् ।

ज्यान जानेमा राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनिया बस्ने वर्ष १६ का मनोज गाह मगर, वडा नम्बर २ बस्ने १८ कसम पुन मगर र वडा नम्बर ८ पिपरी बस्ने वर्ष १८ का दिनेश घर्ती मगर रहेको प्रहरीले जानकारी दिएको छ ।

मृतकहरुको शबलाई अहिले लमही अस्पतालको शब गृहमा राखिएको छ । गयराती मौरिघाट स्थित पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको ना ६ ख ३३४४ नम्बरको ट्रकले पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाइ ठक्कर दिदा मोटरसाइकलमा सवार ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

मोटरसाइकल र ट्रक दुबै अत्याधिक तिब्र गति भएको कारण मानवीय क्षति भएको स्थानीयको भनाई छ ।