दाङको घोराहीवाट एउटा चितुवाको छाला र साढे ३ केजी बढी अफिमसहित दूई युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका वडा नं. १२ हापुर निवासी २६ बर्षीय मधु डाँगी र प्यूजान जिल्लाको नौंबहिनी गाउँपालिका वडा नं. ५ निवासी २७ बर्षीय धनसिंह टमाटा रहेका छन् ।
पक्राउ परेका युवाहरुको साथवाट ६ फिट ११ इञ्ज लामो चितुवाको छाला र ३ किलो ७ सय ५० ग्राम अफिम बरामद भएको छ ।
गोप्य सूचनाको आभारमा मंगलवार बेलुका ८ बजेतिर उनीहरुलाई घोराही ८ बन्गाउँ गउँबाट पक्राउ गरिएको दाङ जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिए ।
पक्राउ परेकाहरुमा माथि आवश्यक अनुसन्धान भइरहेको एसपी चन्दले जानकारी दिए ।