२०७८ साउन १८ गते सोमवार
२०७८ साउन १८ गते सोमवार

तीन घण्टा पछि पूर्व-पश्चिम राजमार्ग सुचारु

अवरुद्ध भएको तीन घण्टा पछी पूर्व-पश्चिम राजमार्ग सुचारु भएको छ ।

घटनाको अनुसन्धान गर्दै पिडित परिवारलाई उचित क्षतीपुर्ती उपलब्ध गराउने सहमती भएपछी अवरुद्ध सडक सुचारु भएको राप्ती गाउँपालिका वडा नं. २ का अध्यक्ष जगतबहादुर थापाले जानकारी दिए ।

देउखुरीको मौरीघाटमा मंगलबार राती ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएपछी कानुनी कारबाही र उचित क्षतीपुर्तीको माग राख्दै विहान ११ बजेदेखी सडक अवरुद्ध गरिएको थियो ।