२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

कसैले रहर गर्दैमा प्रधानमन्त्री र सरकार परिवर्तन हुदैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालै कुनै पनि हालतमा सरकार परिवर्तन नहुने बताउनुभएको छ ।

बुधबार सङ्खुवासभाको मकालु गाउँपालिका ५ को फ्याक्सिन्दामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले नागरिकको जनमतद्वारा आफू पार्टी अध्यक्ष र प्रधानमन्त्री भएकाले कसैले रहर गर्दैमा प्रधानमन्त्री र सरकार परिवर्तन नहुने स्पष्ट पार्नुभयो ।

‘बिहान बिहानै समाचार सुन्छु, सरकार परिवर्तन हुने भनेको सन्छु तर कसैको रहरमा सरकार परिवर्तन हुँदैन । नेकपा पार्टी साना–साना टुक्रा मिलेर बनेकाले फुट्दैन’, ओलीले भन्नुभयो ।

चीनसँग सिमाना जोडिएको सङ्खुवासभाको किमाथाङ्का नाका, त्रिदेशीय (भारत, नेपाल र चीन) लिङ्कको रुपमा रहेको उत्तर–दक्षिण कोशी सडक आयोजनाको कोशी करिडोर र सीमा सुरक्षा पोस्ट (बीओपी) र बहुचर्चित अरुण तेस्रो जलविद्युत् आयोजनाको निरीक्षण गर्न प्रधानमन्त्री सङ्खुवासभा जानुभएका हो ।