२०७८ साउन १६ गते शनिवार
२०७८ साउन १६ गते शनिवार

पार्किङ गरेको ट्रकमा अर्को ट्रक ठोक्किँदा ३ जनाको मृत्यु

काठमाण्डौको कलंकीमा बिहान भएको दुर्घटनामा तीन जनाको ज्यान गएको छ ।

मकालु पेट्रोल पम्प छेउमा पार्किङ गरेर राखेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बा ५ ख ८८६५ नम्बरको ट्रकले ठक्कर दिँदा ठक्कर दिने ट्रकमा रहेका ३ जनाको ज्यान गएको हो ।

दुर्घटनामा नुवाकोट सुन्दरदेवी गाउँपालिकाका २४ वर्षका रोशन लामा, नुवाकोट तारकेश्वरका ३७ वर्षका माधव घिमिरे र अर्का एक जनाको शहीद मेमोरियल अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

ट्रक तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।