बैतडीमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ ।
दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका ४ जोलाबाँजमा शुक्रबार दिउँसो १ बजेतिर ट्याक्टर दुर्घटना हुँदा बारबर्दिया नगरपालिका ८ बर्दियाका अन्दाजी ३० वर्षीय चालक खेमराज ढकालको घटनास्थलमै मृत्यु भएको हो ।
लु ४ प ६१७१ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी १५ मिटर तल खसेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिए । ट्याक्टर तराईबाट दार्चुलातिर जान लागेको बुझिएको छ ।
रित्तो ट्याक्टर कसरी पल्टियो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा चालक मृत अवस्थामा भेटिएका र अरु कोही नभएकाले ट्याक्टर सवार भए नभएको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
बिहीबार राती मात्रै बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा यात्रुवाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको थियो ।