२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

अब नेपालीमा ई–कार्ड बनाएर शुभकामना दिन सजिलो


कसैको जन्मदिन, वैवाहिक वर्षगाँठ वा सरुवा–बढुवा, नियुक्ति तथा अन्य अवसरमा आकर्षक तस्वीर र सन्देश राखेर शुभकामना दिन मेसेज लेख्न, विभिन्न कार्ड बनाउन निकै समय खर्च गर्छौँ ।

चाडपर्वका बेला पनि हामीसँग व्यस्त समयकाबीच सकभर छिट्टै यस्ता कार्ड बनाएर साथीहरूलाई पठाउन शुभकामना सन्देश पठाउन सकियोस् भन्ने चाहना हुन्छ ।

विवाह, व्रतवन्ध, छठियार, पासनी जस्ता अवसरमा अब ई-कार्ड बाटनै निमन्त्रणा पठाउन पाए हुन्थ्यो भन्ने हामी धेरैलाई लागेको हुन्छ ।

एकाबिहानै कसैलाई ‘गुड मर्निङ’ भन्न होस् वा बेलुका ‘गुड नाइट’ भन्न, यस्ता मेसेजलाई इ–कार्डबाट सुन्दर र आकर्षक बनाउन सकिन्छ ।

अब यस्ता ‘रेडिमेड’ शुभकामना कार्ड बनाउन सहज भएको छ ।

कुनै चाडपर्व वा उत्सवको शुभकामना नेपाली भाषामा दिन https://subhakamana.com र प्लेस्टोरमा ‘Subhakamana- Nepali eCards and Wishesh’ एपको प्रयोग गर्न सकिन्छ । उपवेदा टेक्नोलोजीले बनाएको यो एप हाल ३० हजारभन्दा बढीले डाउनलोड गरिसकेका छन् ।

यो एप भर्खरै लञ्च भए पनि यसले थोरै समयमा धेरै ग्राहक बनाउन सफल भएको छ । यसमा तस्वीर र ‘जिआइएफ’ फाइलमा समेत आफ्नो शुभकामना सन्देश लेखेर उक्त कार्ड मोबाइलमा सेभ गर्नुका साथै सामाजिक सञ्जालमा शेयर गर्न सकिन्छ ।

यसमा हरेक चाडपर्वका लागि बेग्लाबेग्लै कार्ड र शुभकामना अनुसारका तस्वीर छान्न सकिने सुविधा दिइएको छ ।
यसरी बनाइएका इ–कार्डहरू फेसबुक, भाइबर लगायतका माध्यमबाट कसैलाई पठाउन र शेयर गर्न सकिन्छ । विभिन्न अवसरमा शुभकामना दिनुपर्ने राजनीतिमा संलग्न र व्यवसायीका साथै सर्वसाधारणलाई समेत यो एप लाभदायक हुने देखिन्छ ।
यसका डेभलपर शिरिष महर्जनका अनुसार यसमा बिस्तारै नेपालमा बढीले प्रयोग गर्ने अन्य भाषामा पनि शुभकामना सन्देश लेखेर उपलब्ध गराउने एपको उद्देश्य छ । उनका अनुसार यो एप मार्फतनै शुभकामना सन्देश संगै अरू व्यवसायलाई यसमा जोड्दै फोटो फ्रेम, कप तथा टिसर्ट प्रिन्ट, बर्थडे केक अर्डर, ग्रिटिंग कार्ड अर्डर जस्ता फिचर पनि थप्दै जाने लक्ष्य बोकेको छ ्र

यसका सुविधाहरु :
१. दशैँ, तिहार लगायत विभिन्न महत्वपूर्ण चाडपर्वको शुभकामना
२. सरुवा-बढुवा र नियुक्तिको बधाई तथा निर्वाचितलाई बधाई तथा शुभकामना
३. विवाह, व्रतवन्ध, पासनी, जन्मोत्सवको निमन्त्रणा
४. विभिन्न किसिमका कोट्सहरु