कोरोना सङ्क्रमित डाक्टर गोविन्द केसीको सबै खर्च सरकारले ब्यहोर्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटरमार्फत केसीलाई लाग्ने सबै उपचार खर्च सरकारले ब्यहोर्ने जानकारी गराउनुभएको छ । उहाँले डाक्टर केसीको स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले डाक्टर केसीको उपचार निःशुल्क गराउने घोषणा गरे पनि यसअघि नै कोरोना सङ्क्रमित सबैको उपचार निस्शुल्क गराउने सरकारले स्पष्ट पारिसकेको छ ।