२०७७ मङ्सिर ८ गते सोमवार
२०७७ मङ्सिर ८ गते सोमवार

हाँस्य कलाकार मनोज गजुरेल कोरोनामुक्त

हाँस्य कलाकार मनोज गजुरेल कोरोना संक्रमण मुक्त भएका छन्। संक्रमणमुक्त भएसँगै उनी अस्पतालबाट डिस्चार्ज भएका छन्।

११ दिनको अस्पताल बसाईपश्चात घर फर्किएर आराम गरिरहेको उनले जानकारी दिएका छन्।

‘कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् । केही दिनमा पूर्ण स्वस्थ्य भएर काममा फर्कने छु’, उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

उनले आफ्नो उपचारमा संलग्न चिकित्सक तथा अस्पताल परिवार र स्वास्थ्यलाभको कामना गर्ने आफन्त र शुभचिन्तकलाई धन्यवाद दिएका छन् ।

‘अत्यन्तै उच्च स्तरको उपचार सेवा प्रदान गर्ने नेपाल एपिएफ अस्पताल परिवार, परिवारका सम्पूर्ण सदस्यहरु तथा सबै शुभचिन्तकहरुलाई अन्तरमानदेखि नै धन्यवाद’, गजुरेलले भनेका छन्, ‘सकेसम्म यो महामारीबाट आफू जोगिऔँ र अरुलाई पनि जोगाऔँ । दीपावलीको सबैलाई शुभकामना ।’