तुलसीपुर उपमहानगरपालिका–७ स्थित राप्ती शान्ति उद्यान पार्कमा निर्माण गरिएको वुद्धको मूर्ति अनावरण गरिएको छ ।
मूर्तिको अनावरण लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गरेका हुन् ।
१७ फिट अग्लो रहेको वुद्धको मूर्तिको निर्माण कार्यसम्पन्न गर्न तुलसीपुर उपमहागनरपालिका र प्रदेश सरकारले २४ लाख १६ हजार आर्थिक सहयोग गरेका थिए ।
राप्ती शान्ति उद्यान व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहागनरपालिका –७ का वडाध्यक्ष टोपबहादुर केसीले कार्यक्रमका बारेमा प्रकाश पारेका थिए ।