कार्तिक २७ गते बिहान डिउटीको क्रममा एक्कासी चक्कर लाग्यो भनेर भूँइमा बसेका ईलाका प्रहरी कार्यालय हापुरेमा कार्यरत प्रहरी जवानको उपचारको क्रममा कोहलपुरमा मृत्यु भएको छ ।
डिउटीमा रहेका बेला एक्कासी चक्कर लाग्यो भनेका प्रहरी जवान जगत बहादुर खत्रीलाई उपचारका लागि तुलसीपुर, घोराही हुँदै कोहलपुर लगिएको थियो ।
प्रहरी जवान खत्रीको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी सुमित खड्काले जानकारी दिए । विगत एक बर्षदेखि ईप्रका हापुरेमा कार्यरत प्रहरी जवान खत्रीले गाडी चलाउने काम गर्थे ।