२०८० चैत्र ६ गते मङ्गलवार
२०८० चैत्र ६ गते मङ्गलवार

बबईमा डुवेर पश्चिम दाङमा एक जनाको ज्यान गयो

बबई नदिमा डुवेर पश्चिम दाङमा एक जनाको मृत्यु भएको छ ।

भैलोको पिकनिक खान बबई नदी गएका बबई गाउँपालिका वडा नं. – ५ खयरभट्टी निवासी ५६ बर्षीय अमृत खड्काको नुहाउने क्रममा डुवेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख मोहनविक्रम केसीले जानकारी दिनुभयो । पौडि खेल्न सक्ने मृतक खड्काले मापसे गरेका कारण नदीमा डुबेर मृत्यु भएको हुन सक्ने प्रमुख केसीको बताउनु भयो ।

मंगलबार करिब ३ बजे तिर नदीमा डुबेका खड्काको शव ४ बजे तिर मात्र स्थानियहरुले खोजेर भेटाएको प्रत्यक्षदर्शी घनश्याम घिमिरेले जानकारी दिनुभयो ।