२०८१ माघ १३ गते आइतवार
२०८१ माघ १३ गते आइतवार

‘दाहालले प्रधानमन्त्रीलाई लगाएका आरोपको हिसाबकिताब मागिनेछ’

कात्तिक २८ गतेको सचिवालय बैठकमा दाहालले सरकार सञ्चालनलाई लिएर प्रधानमन्त्रीमाथि लगाएका आरोप उल्लेख गर्दै सांसद थापाले नेकपाको विवाद साम्य भए पनि ती आरोपलाई लिएर हिसाब मागिने बताएका हुन् ।

‘यस प्रकरणमा उठेका र उठाइएका सार्वजनिक र राष्ट्रिय सरोकारका विषयहरूलाई फगत पार्टीभित्रको आन्तरिक शक्ति संघर्षबीच उठेको मनमुटाबको तितो अभिव्यक्तिका रूपमा लिने भुल कम्तीमा प्रतिपक्षले गर्ने छैन,’ सामाजिक सञ्जालमा उक्त विषयबारे सांसद थापाले लेखेका छन्, ‘नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षले आफ्नै पार्टीका तर्फबाट बन्नु भएको प्रधानमन्त्रीको सन्दर्भमा उठाउनु भएको एकएक प्रकरणको हिसाब किताब अब संसद् र सडक दुवैबाट मागिने छ ।’