२०७७ मङ्सिर ८ गते सोमवार
२०७७ मङ्सिर ८ गते सोमवार

नम्रता र विपीनको ‘प्रसाद’ युट्युबमा

मिडियामा प्रशस्तै विवाद र बहस निम्त्याएको कलाकार विपीन कार्की र नम्रता श्रेष्ठ अभिनित चलचित्र ‘प्रसाद’ शुक्रबारदेखि युट्युबमा हेर्न पाइने भएको छ।

वैचारिक र आधारभूत केही कुरामा चुकेको भए पनि दलित मुख्य पात्रको कथा भन्ने ‘प्रसाद’मा राम्रो सिनेमामा हुने धेरै राम्रा पक्ष छन्। बाबुरामले सहरमा परम्परागत सीपकै आधारमा लुगा सिलाएर वा गाएर जीवन पाल्ने कुरा अर्थपूर्ण छ।

प्रसादको पटकथा फिल्म समीक्षा र फिल्मसम्बन्धी रिपोर्टिङ पृष्ठभूमिबाट आएका सुशील पौडेलले लेखेका हुन्। निर्देशक दिनेश राउतको यो फिल्मको सिक्वलसमेत बन्ने तयारी भइरहेको छ।